सिंगटीको आईपीओ रिजल्ट भोली आउँदै, रुरुको अर्को साता आउने


काठमाडौं – सिंगटी हाइड्रोपावरको आइपिओ भोलि बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक मेगा क्यापिटलले सिंगटीको आइपिओ भोलि बाँडफाँड हुन लागेको बताएको हो ।

कम्पनीले कर्मचारी तथा सामुहिक लगानी कोषका लागि छुट्याएपछि कुल २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खोलेको थियो।

२ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले सेयर पाउने छन्। १६ लाख २३ हजारले आवेदन दिएका थिए। साढे १३ लाखको हात रित्तो हुनेछ।

त्यस्तै १२० रुपैयाँ काम गरेर खुलेको रुरु जलविद्युत आयोजनाको आइपिओ अर्को साताको शुक्रबार बाँडफाँड हुनेछ।

बिक्रि प्रबन्धक एनएमबि क्यापिटलका अनुसार रूरू जलविद्युत आयोजनाको आइपिओ १६ लाख ७१ हजारले भरेका छन्।

कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा २० रुपैयाँ थपेर प्रतिकित्ता १२० रुपैयाँ मूल्यमा आइपिओ निष्कासन गरेको हो। सर्वसाधारणका लागि ३ लाख ७९ हजार १६७ कित्ता सेयर बिक्रि गरिनेछ।

यस हिसावले ३७ हजार ९ सय १० जनाले १० कित्ताका दरले र तिमध्येबाट ७ जनाले ११ कित्ताका दरले सेयर पाउने संभावना छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ छ। प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा छ ।

प्रतिक्रिया