
एमालेले बोलायो विघटित संसदीय दलको बैठक
काठमाडौं- नेकपा एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलाएको छ। प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गरेको एमालेले बैठक डाकेको हो।
बैठक मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने मुख्य सचेतक महेश बर्तौलाले बताए।
बैठकमा मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने उनले बताए।



कागजपत्र |
