नयाँबानेश्वरमा करेन्ट लागेर वृद्धको मृत्यु


काठमाडौं- काठमाडौं महानगरपालिका–३१, नयाँबानेश्वर प्रयागमार्गका ७८ वर्षीय विष्णु नेवा श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ। बुधबार दिउँसो घरमै विद्युत मर्मत गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो।

उपचारका क्रममा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

प्रतिक्रिया