अब स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहबाटै


काठमाडौं- अब स्थायी लेखा नम्बर  प्रमाणपत्र स्थानीय तहबाटै लिन सकिने व्यवस्था आन्तरिक राजस्व विभागले लागू गरेको छ।

अहिलेसम्म करदाता सेवा कार्यालयमार्फत मात्र जारी हुँदै आएको स्थायी लेखा नम्बर अब स्थानीय तहबाट उपलब्ध हुने भएको छ। करदाता सेवा कार्यालयहरू खारेज भएसँगै सो सुविधा स्थानीय तहमार्फत दिने निर्णय विभागले जनाएको छ।

यद्यपि, स्थानीय तहमार्फत सेवा पूर्ण रूपमा सुचारू हुन केही समय लाग्ने भएकाले हालका लागि सेवा सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत उपलब्ध गराइने व्यवस्था रहेको आन्तरिक राजस्व विभागले स्पष्ट पारेको छ।

प्रतिक्रिया