
कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन
काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा उत्तीर्ण गरे पनि दक्षिण कोरिया पठाउन लामो ढिलाइ भएको भन्दै परीक्षार्थीहरूले आन्दोलन सुरु गरेका छन्।
दुई वर्षअघि भाषा र सीप परीक्षा पास गरे पनि कोरियामा रोजगारका लागि जान नपाएका युवाहरूले बिहीबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखा घेराउ गरी विरोध प्रदर्शन गरेका हुन्।
सन् २०२५ का लागि आयोजित परीक्षामा एक लाख ६३ हजारमध्ये १७ हजार ३० जनाले भाषा परीक्षा पास गरेका थिए। तर, भाषा–सीप उत्तीर्णमध्ये अधिकांशको अझैसम्म करार प्रक्रिया अघि नबढेको तथा वैदेशिक रोजगारीमा जान नपाएको गुनासो प्रदर्शनकारीहरूको छ।
उनीहरूले नयाँ सीप परीक्षा वा प्रक्रिया अघि बढाउनु अगाडि पहिले नै पास भएका श्रमिकलाई प्राथमिकताका साथ कोरिया पठाउनुपर्ने मागसमेत राखेका छन्।



कागजपत्र |
