गोंगबुबाट खैरो हेरोइनसहित चार जना पक्राउ


काठमाडौं – काठमाडौंको टोखा नगरपालिका–९ गोंगबुबाट चार युवा लागुऔषधसहित पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूलाई गौंगबुको दिपज्योतिमा टिनको छाप्रोमा बस्दै आएका सुजल विश्वकर्माको डेरा कोठामा लागुऔषधसहित युवा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा निरज लामा (३२), सुजल विश्वकर्मा (२८), बिदुर याङ्बो (३१) र रोमन राई (१९) रहेका छन् ।

प्रहरी उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको जनाएको छ ।

प्रतिक्रिया