
नेपालले युएईलाई दियो २४० रनको लक्ष्य
काठमाडौं – आईसीसी डिभिजन–२ अन्तर्गतको खेलमा नेपालले युएईलाई २४० रनको लक्ष्य दिएको छ ।
नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३९ रन बनाएर युएईलाई उक्त लक्ष्य प्रस्तुत गरेको हो ।
नेपालका लागि भीम सार्कीले ४८ रन बनाए भने अन्तिममा आएका कुशल मल्लले ४५ रन बनाए ।
त्यस्तै नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३७ रन बनाए भने आशिफ शेखले ३४ रन बनाए । उनीहरु दुवै जना रनआउट भएका थिए ।
आरिफ शेखले ३० रन बनाउँदा सन्दीप लामिछानेले नटआउट १५ रन र ललितनारायण राजवंशीले ४ रन बनाए । दशौं नम्बरमा आएका सन्दीप लामिछानेले आक्रमक ब्याटिङ गर्दै १० बलमा १५ रन बनाउँदै नेपालको स्कोर माथि उकास्न मद्दत गरे । अन्तिम बलमा ललित नारायण राजवंशीले चौका निकाल्न सफल भए ।
नेपालका लागि कुशल भुर्तेल र कप्तान रोहित पौडेलले २/२ रन बनाउँदा नन्दन यादवले १ रन बनाए । नेपालका करण केसी भने शुन्य रनमै आउट भएका थिए ।
युएईका लागि जुनैद सिद्धिकी, मोहम्मद जवादुल्लाह र धुरुव परासरले २ /२ विकेट लिए भने जहिद अलिले १ विकेट लिएका थिए ।



कागजपत्र |
