विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार


काठमाडौं- आइसिसी विश्वकप लिग–२ शृङ्खलामा नेपालले लगातार तेस्रो हार खेपेको छ ।

दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा शनिबार भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भयो । जितका लागि दुई सय ७२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

युएई सिरिजमा नेपालको यो लगातार तेस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रन र दोस्रो खेलमा युएईसँग पाँच विकेटले पराजित भएको थियो ।

नेपालले यस शृङ्खलाको अन्तिम खेल कात्तिक १९ गते बुधबार युएईसँग खेल्नेछ । आठ टोली सहभागी लिगमा दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २४ खेलबाट ३० अङ्क छ ।

यस्तै तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको २४ खेलबाट २८, चौथो स्थानमा रहेको ओमानको २० खेलबाट २४, पाँचौँ स्थानमा रहेको क्यानडाको २४ खेलबाट २१ र छैटौँ स्थानमा रहेको नामिबियाको २४ खेलबाट १९ अङ्क छ ।

 

प्रतिक्रिया