सुतिरहेकी आमाको टाउकोमा फरूवा प्रहार, छोरा पक्राउ


सुर्खेत-  भेरीगंगा नगरपालिका–१२ मसिनाटोलमा छोराले आफ्नै आमाको हत्या गरेका छन्।

डिएसपी मोहनजंग बुढथापाका अनुसार करिब ३५ वर्षका कविराम बस्नेतले शुक्रबार बिहान करिब ७ बजे आफ्नी ५० वर्षीया आमा धनिकला बस्नेतमाथि घरमै सुतिरहेको अवस्थामा फरूवाले टाउकोमा प्रहार गरेका थिए।

गम्भीर घाइते भएकी धनिकला बस्नेतलाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेत लगिएको थियो। तर उपचारका क्रममा बिहान करिब ८:१५ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

घटनापछि फरार रहेका कविराम बस्नेतलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले छिन्चु बजार क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। उनलाई हाल प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिक्रिया