प्रेस काउन्सिल नेपालको वेबसाइट ह्याक


काठमाडौं — पत्रकारिता क्षेत्रको नियमनकारी निकाय प्रेस काउन्सिल नेपालको आधिकारिक वेबसाइट ह्याक भएको छ।

काउन्सिलले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सूचना जारी गर्दै वेबसाइटमा समस्या आएको र त्यसलाई समाधान गर्ने प्रयास भइरहेको जानकारी दिएको छ।

काउन्सिलले सामाजिक सञ्जालमा लेखेको छ, “काउन्सिलको वेबसाइटमा भरखरै समस्या आएको (ह्याक भएको) ले समस्या समाधानको प्रयास भइरहेको जानकारी गराइन्छ।”

यो सूचनासँगै हाल काउन्सिलको वेबसाइट सञ्चालनमा छैन। वेबसाइट कसले र किन ह्याक गर्‍यो भन्नेबारे भने अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन।

काउन्सिलको प्राविधिक टोलीले वेबसाइट पुनः सञ्चालनमा ल्याउन काम गरिरहेको र यसबारे थप विवरण पछि सार्वजनिक गरिने जनाइएको छ।

प्रतिक्रिया