
नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठक सुरु
काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठक १ बजेका लागि बोलाइएको भए पनि करिब डेढ घण्टा ढिलो हुँदै सुरु भएको हो।
बैठक अघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका थिए। महामन्त्रीद्वयले आफूहरूले अघि सारेको कार्यतालिकाअनुसार मंसिरमा महाधिवेशन गर्नुपर्ने अडान राखेका छन्।
तर, संस्थापन पक्षले हिजो गरेको भेलामा निर्वाचनपछि वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। यसले कांग्रेसभित्र मतभेदलाई झन् बढाएको छ।
गत असोज २८ गतेदेखि सुरु भएको बैठकमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम, आगामी निर्वाचन तयारी र पार्टी आन्तरिक विषयमा छलफल हुने जनाइएको छ। आजको बैठकमा पेस भएका एजेन्डा अनुसार नेताहरूले आफ्ना धारणा राख्ने अपेक्षा गरिएको छ।



कागजपत्र |
