१० सेकेण्डको अनौठो पत्रकार सम्मेलन !


काठमाडौं-  नेपालको युवा आन्दोलनको आगो अझै निभेको छैन। गत भदौ २३ र २४ गते देशभर भएको शक्ति प्रदर्शनको प्रभाव निरन्तर देखिँदै छ। यही क्रममा मंगलबार बिहान संगीत बम नामक युवक रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनका लागि उपस्थित भए।

पत्रकार सम्मेलनका लागि सञ्चारकर्मीहरू ११ बजेमै तोकिएको स्थानमा भेला भइसकेका थिए। तर सम्मेलन सुरु हुनासाथ केवल १० सेकेण्डमै सकियो। बमले ‘द गेम अफ लुसिफर’ भन्दै सांकेतिक विरोध प्रदर्शन गरे।

मञ्चमा उभिएर उनले दाहिने हातका दुई औंला मात्र ठड्याएर बाँकी औंला खुम्च्याए। यही संकेतमार्फत उनले आफ्नो सन्देश पत्रकारहरूमार्फत जनतासम्म पुर्‍याउन माग गरे। उनी स्वयंले कुनै टिप्पणी दिएनन्। समाचार बनाउने जिम्मा पत्रकारहरूकै हातमा सुम्पियो।

 

प्रतिक्रिया