वैदेशिक रोजगार विभागको वेबसाइट ह्याक


काठमाडौं— श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागको वेबसाइट साइबर आक्रमणपछि पूर्णतः अवरुद्ध भएको छ। ह्याकरले प्रणालीमाथि नियन्त्रण जमाएपछि विभागले उपलब्ध गराउँदै आएको वैदेशिक रोजगारीसम्बन्धी सम्पूर्ण अनलाइन सेवा प्रभावित बनेको हो।

वेबसाइट खोल्ने प्रयास गर्दा ‘Your connection is not private’ अर्थात् सुरक्षित पहुँच नभएको चेतावनी देखिन्छ। प्राविधिक रूपमा वेबसाइटको सुरक्षा तह निष्क्रिय पारिएको वा त्यसमा गम्भीर समस्या आएको संकेत हुन्।

यसअघि विभागको वेबसाइटबाट इन्डेक्स भएका पृष्ठहरू गुगल सर्चमा खोज्दा जुवा तथा अनलाइन बेटिङसम्बन्धी सामग्री देखिन थालेको थियो। यही कारणबाट पनि वेबसाइट ह्याक भएको आशंका थप सशक्त भएको छ।

प्रतिक्रिया