
विशेष सुरक्षामा खटिएका हवल्दार थापाको निधन, अचेत भेटिएका थिए
पोखरा- विशेष सुरक्षा ड्युटीमा खटिएका एक प्रहरी हवल्दारको पोखरामा मृत्यु भएको छ। कास्की प्रहरीले प्रहरी हवल्दार ओमकुमार थापालाई पोखरा–१३ गौंडाकोमुख क्षेत्रमा ड्युटीकै क्रममा अचेत अवस्थामा पाइएको जनाएको छ।
अचेत भेटिएपछि उनलाई तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो। तर अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
नवलपुरको विनय त्रिवेणी गाउँपालिका–६ शिवपुरगढी घर भई विभागीय रूपमा जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ कास्कीमा दरबन्दी भएका थापा हाल सीआरभी भद्रकालीमा कार्यरत थिए।
घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
