२ हजार ९ सयले घट्यो सुनको मूल्य


काठमाडौं – मंगलबार पनि सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ९ सय रुपैयाँ मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन २ लाख ३९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २९८० रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज २९२० मा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेसँगै नेपाली बजारमा पनि घट्दै गएको छ । तिहारपछि सुनको भाउ प्रतितोला १६ हजार ५ सय रुपैयाँ घटिसकेको छ । असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ । त्यस्तै सोही दिन चाँदी प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको थियो ।

प्रतिक्रिया