करेन्ट लागेर जुम्लामा एक जनाको मृत्यु


जुम्ला- करेन्ट लागेर जुम्लामा एक जनाको मृत्यु भएको छ ।

चन्दननाथ नगरपालिका-१ आचार्यवाडा घर भई पातारासी गाउँपालिका-५ लासी बजारमा होटल सञ्चालन गरी बस्ने ३१ वर्षीय अर्जुन महतराको करेन्ट लागेर आइतबार राति मृत्यु भएको हो ।

आफ्नै घरमा सीसीटीभी क्यामेरा जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया