शिशु कल्याण विद्यालयका प्रधानाध्यापक, अध्यक्ष र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिका–४ स्थित शिशु कल्याण माध्यमिक विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले प्रधानाध्यापक रविलाल लुईटेल, लेखापाल छविलाल गाहा र तत्कालीन अध्यक्ष राम थापाले आपसी मिलेमतोमा विद्यालयको करिब रु. ४ लाख ७१ हजार ६६७ हिनामिना गरेको उल्लेख गर्दै आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार उनीहरूलाई विद्यालयलाई प्राप्त आइसीटी कार्यक्रमअन्तर्गतका सामग्री खरिदमा अनियमितता गर्नु र विद्यालयको कोषबाट रकम निकाली फिर्ता नगरेको आरोप लागेको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताएअनुसार, प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानासहित हिनामिनाको रकम विद्यालयबाट असुल गर्न माग गरिएको छ।

प्रतिक्रिया