
स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय: आन्दोलनका घाइतेलाई मनोपरामर्श सेवा दिने
काठमाडाैं- नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छिन्। शीतल निवासमा शपथ ग्रहण गरेपछि उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालिन्।
पदभार ग्रहण गरेलगत्तै मन्त्री शर्माले आफ्नो पहिलो निर्णयको रूपमा आन्दोलनबाट प्रभावित घाइतेहरूसहित सबै व्यक्तिहरूका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा डा. शर्मालाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका थिए।



कागजपत्र |
