काठमाडौंमा ठूलो आवाज निकाल्ने बाइक जब्त


काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले ठूलो आवाज निकाल्ने मोटरसाइकलहरू नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार, उपत्यकाका विभिन्न स्थानहरूबाट मोटरसाइकलको स्वरूप र संरचना परिवर्तन गरी चर्को आवाज निकाल्ने सवारीसाधनमाथि कारबाही गरिएको हो।

यस्ता मोटरसाइकलहरूले सार्वजनिक शान्ति भंग गर्दै समाजमा अराजक वातावरण सिर्जना गरेको भन्दै ट्राफिक प्रहरीले एक सयभन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिएको जानकारी दिएको छ।

 

प्रतिक्रिया