
पूर्वमन्त्री गणेश शाहले माओवादी केन्द्र छाडे
काठमाडौं- नेकपा (माओवादी केन्द्र) का पूर्व सचिव तथा पूर्वमन्त्री गणेश शाहले पार्टी परित्याग गर्ने घोषणा गरेका छन्। पार्टी नेतृत्वले निरन्तर एकताको सन्देश दिन असफल भएको आरोप लगाउँदै उनले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रबाट बाहिरिएको स्पष्ट पारेका हुन्।
राजनीतिबाट अब विश्राम लिने घोषणा गर्दै शाहले आगामी दिनमा कुनै पनि राजनीतिक दलसँग आवद्ध नहुने बताए। तर, देशलाई आफ्नो ज्ञान र अनुभव आवश्यक परेको अवस्थामा राष्ट्रहितमा योगदान गर्न सधैं तयार रहने उनले बताएका छन्।



कागजपत्र |
