
पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट, एक युवक पक्राउ
पोखरा- कास्कीको पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पोखरा महानगरपालिका–२० भलाम बस्ने र पर्वतको मोदी गाउँपालिका–१ घर भएका २४ वर्षीय सुजन विकलाई सोमबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनले पोखरा–१२ शितलादेवीमा बस्ने एक व्यक्तिलाई नक्कली पेस्तोल देखाई लुटपाट गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
उनको साथबाट खेलौनाको पेस्तोल (नक्कली) र ग १३ प ९८३२ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका विकविरुद्ध लुटपाट सम्बन्धी मुद्धा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको छ।



कागजपत्र |
