कांग्रेस मूकदर्शक बनेर आन्तरिक कलहमा रुमल्लिनु हुँदैनः लामा


काठमाडौं – कांग्रेस नेता बर्मा लामाले जेनजी प्रदर्शनपछिको अवस्थामा पार्टी मूकदर्शक बनेर आन्तरिक कलहमा रहनु निन्दनीय भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत् लामाले जेन्जी प्रदर्शनपछि मुलुक तरल अवस्थामा रहेको तरल परिवेशमा पार्टीको आधिकारिक धारणा नआउनु निन्दनीय भएको भएका हुन् ।

लामाले अन्तरिम सरकारले घोषणा गरिसकेको निर्वाचनका बारेमा अहिलेसम्म आधिकारिक धारणा नआउनुमा दुःखद पक्ष रहेको बताउँदै संसद् पुर्नस्थापना वा निर्वाचन जानेबारे यथाशीघ्र आधिकारिक धारणा ल्याउनुपर्ने जनाए ।

अन्य राजनीतिक दलहरुले निर्वाचनमा जाने प्रतिबद्धताका साथे महाधिवेशन घोषणा गरिसकेको अवस्थामा आन्तरिक कलहमा रुमल्लिँदै मूकदर्शक भएर बस्न नहुने उनले बताए ।

उनी लेख्छन्-

आदर्णिय नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व गण, शुभचिन्तक तथा कार्यकर्ता साथीहरू ! !!

हाम्रो देश नेपालमा गत भाद्र २३-२४ गते जेन्जि पुस्ताले, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, बन्द गरिएको समाजिक सन्जाल खुलाउनु पर्ने माग राखेर गरेको प्रदर्शनमा घुसपैठको कारण ठुलो जन धनको क्षति पुगेको छ तत्कालीन वलि सरकारले राजिनामा गरेर अन्तरिम चुनावी सरकार बनेको अवस्था विध्यमान छ।

उक्त प्रदर्शनमा सहदत प्राप्त गर्नु भएको सम्पूर्ण महानुभाव प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु

उक्त अवसरमा घाइतेहुनु भएको सम्पूर्ण घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना गर्दछु। त्यसैगरी नेपाली काँग्रेसक‍ केन्द्रीय सभापति पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवा लोकतान्त्रिक आन्दोलनको एक योद्धा  दम्पतीलाई घरमै बसिरहेको अवस्थामा संघातीक आक्रमण गरी घाइते बनाएको घटनाको जति निन्दा गरे पनि अपुग हुन्छ वहाँहरु प्रति सिघ्र स्वास्थ लाभको कामना गर्दछु। यश प्रदर्शनको क्रममा भएको आपराधिक गतिविधि  प्रति छानबिन गरि कानुनी दायरामा ल्याउनु जरुरत रहेको छ।यसबाट विकसित भएको घटना क्रमको बारेमा हामी सबैले देखेको , भोगेको  र बुझेको कुराहरू छर्लङ्ग रहेको छ। प्रदर्शनकारी, सुरक्षा कर्मीहरु लगायतले साहदत प्राप्त गरेको छ ।

त्यसैगरी  सिंहदरबार, संसद भवन, सर्बोच्च अदालत, अख्तियार, बाणिज्य बैक केन्द्रीय कार्यलाई, उध्योगी ब्यावसायी हरुको मार्टहरु, पार्टी कार्यलयहरु,सरकारी कार्यलयहरु  लगायत , निजी सम्पत्तिको क्षतिहरु समेत खरबौको संम्पति खरानी भएको अवस्था हाम्रो सामु रहेको छ । हाम्रो देश देशीविदेशी शक्तिहरुको कृडास्थल बन्दै गएको आशंकाहरु गर्न थालिएको छ। सरकारले तोकेको निर्वाचनमा भाग लिएर जानेकी सांसद ब्युउझाउने भन्ने अलमलमा रहेको अवस्था छ। यस्तो तरल अवस्थामा नेपाली काँग्रेसको आफ्नो आधिकारिक धारणा समेत सार्वजनिक नगरी मुकदर्शक बनेर आन्तरिक कलहमा ब्यस्त रहनु एक निन्दनीय कुरो हो भन्ने मलाई लागेको छ।

नेपाली काँग्रेस जस्तो ऐतिहासिक पृष्ठभूमि भएको पार्टी जस्ले २००७ सालको जाहाँनी राणा शासन बिरुद्धको सशस्त्र जनक्रान्ति, २०१६ सालमा राजा महेन्द्रले  जनताको सरकारलाई कु गरेर स्थापना गरेको क्रुर पञ्चायती शासन बिरुद्धको निरन्तर ३२ बर्षक गरेको आन्दोलन, २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्यग्रह, २०४६ सालको प्रजातन्त्र पुनः प्राप्तिको सफल आन्दोलन, २०५१ सालबाट सुरु भएको माओवादी बिद्रोहले जन्माएको अशान्ति मारकाटलाई शान्तिपूर्ण रुपमा अवतरणमा  ल्याउने सफलताको नेतृत्व मात्रै होइन, गणतन्त्र स्थापना र नेपालको संविधान २०७२ जारी गर्ने सम्मको नेतृत्वदायी भुमिका निर्वाह गरेको हाम्रो माहान पार्टीले जवजव देशमा संकट आउँछ तवतव निकास दिएको नेतृत्व गरेको ईतीहाँस जिवित छ।  जेन्जि पुस्ताले प्रदर्शन गरेको अभियान एक महिना एकदिन बितिसक्यो तर नेपाली काँग्रेसको आधिकारिक धारणा सार्वजनिक भएको छैन म यसप्रति ध्यानाकर्षण गराउने चाहान्छु।

पार्टीको केन्द्रीय नेतृत्वहरु आन्तरिक कलहमा रुमल्लि रहेको देखिएको छ।यस‍ो हेर्दा वहाँहरुको रबैयाले कतै पार्टी विभाजनको संघारमा पुगेको त छैन भन्ने डर पैदा भएको छ, विशेष महाअधिबेशनको लागि  हस्ताक्षर गर्ने र नगर्नेहरु विचमा  द्वन्द्व श्रीजना गर्ने  काम भै रहेको छ, हस्ताक्षर नगर्नेहरु प्रतिगामी हुन अब सकिन्छन् भन्ने जस्ता अपशब्द प्रयोग गर्न थालिएको छ! यो तमासा किन? यसरी हामी कता जाँदै छौ?पार्टीको वडा देखि केन्द्र सम्मको विभित्र समितिहरु जीवित छन यसै भित्र  छलफल गरौ, निकास  निकाल्न सकिन्छ भन्ने मलाई लाग्दछ।

अहिलेको सन्दर्भमा :-विशेष महाधिवेशन ले समस्य समाधान हुन्छ कि नियमित महाधिवेशन ले भन्ने  मुख्य मुद्दा उठान भएको छ भने अर्को तर्फ धिमी स्वरमा परम्परागत रुपमा समय थप गरेर उपयुक्त समयमा महाधिवेशन गर्ने कुराको समेत विवाद उठेको अव्यवस्था रहिआएको छ।यसै सन्दर्भमा म नेपाली काँग्रेसको एक ईमानदारी सिपाही भएको नाताले को रिसाउला को खुसाउला भन्ने मुलाहिजा नराखी आफ्नो धारणा राख्ने अनुमती चाहान्छु।

हाल नेपाली काँग्रेस भित्र चलिरहेको खास दुई विचार हरु उत्कर्षमा पुगेको अवस्था छ। विशेष महाधिवेशन वा नियमित महाधिवेशन र धिमी स्वरमा केही समय सार्नु पर्छ कि भन्नेहरुपनि छन ।

पहिलो कुरा विशेष महाधिवेशनको बारेमा  चर्चा गर्न चाहान्छु। नेपाली काँग्रेसको बिधानको धारा १७ को २ मा ब्यबस्था भएको अनुसार, ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरि बिशेष महाधिवेशन  माग गरेमा ३ महिना भित्र केन्द्रीय कार्यसमितिले उपयुक्त ठानेमा  विशेष महाधिवेशन गर्न सकिने छ भनिएको छ। यस्को अौचित्य के हो? यो महाधिवेशनले कति वर्षको लागि  नेतृत्व प्राप्त गर्छ! नयाँ अनुहार र युवा पुस्तालाई कसरी नेतृत्व मा ल्याउन सकिन्छ कि सकिदैन  सम्भावना के छ ? केन्द्रीय सभापति एकजनाको विदाई र केन्द्रीय समितिमा मौजुदा नेतृत्वलाई शक्ति र सत्तामा हस्तान्तरणको लागि मात्रै विशेष माहाधिबेशनको आवश्यकता हो भने यो गलत हो भन्ने मलाई लागेको छ,भोलिको दिनमा पनि नेतृत्व मन नपर्न साथ विशेष महाधिवेशनको माग राखेर किचलो गर्ने रोग निरन्तर रहन सक्छ। त्यतिमात्र होइन आजसम्म विशेष महाधिवेशनको  प्रस्ताव केन्द्रीय समितिमा  दर्ता समेत भएको छैन अर्को महिना दर्ता गरेछ भने पनि हस्ताक्षर प्रमाणीकरण ,अौचित्य पुष्टि लगायतको कार्य सम्पन्न गरेर अगाडि जादा माग महिना पुग्ने निश्चित छ ,फाल्गुन २१ गते निर्वाचन तोकेको छ निर्वाचनमा भाग लिने की विशेष महाधिवेशन गरि बस्ने कसरी जाने अन्योल अवस्थामा रहनु भन्दा १४ धौं महाधिवेशनको समय अबधी मंसिर मसान्तमा समाप्त हुदै छ। वडावडाबाट , जिल्ला जिल्ला नयाँ नेतृत्व आउनेछ, नयाँ अनुहार नयाँ पुसताको साथीहरू विभिन्न पदभार ग्रहण गर्ने हेतुले  आउने छन्  केन्द्रीय समितिको विभिन्न पदहरुमा नयाँ पुस्ता नयाँ अनुहारले पनि आफ्नो स्थान सुरक्षित गर्न प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ , बर्तमन सभापतिले आफू अवीभाबक भएर बस्ने कुरा ब्यक्त गरेको कुरालाई मध्य नजर गर्दा वहाँले पनि सम्मानित रुपमा बहिरगमन  हुने अवसर प्राप्त गर्नेछ, त्यस कारणले

१.आगामी २८ गते हुने केन्द्रीय कार्यसमितिक‍ो बैठकले यो विषम परिस्थितिलाई मध्ये नजर गरेर नियमित महाधिवेशन मंसिर मसान्त भित्रै सम्पन्न हुने गरि कार्यतालिका बनाएर अगाडि बढ्दा श्रेयस्कर हुन्छ भन्ने सुझाव प्रस्तुत गर्दछु, कृयाशिल सदस्यता नवीकरण अधिकांश जिल्लामा अन्तिम चरणमा पुगेका छ। बाँकी रहेको काम सम्पन्न गर्न १५ दिन समय उपलब्ध गर्ने र यसै समय सिमा भित्र नयाँ आबेदन समेतको कार्य सम्पन्न गर्ने कार्यतालिका दिएर जाने हो भने यहीँ मंसिर महिना भित्र नियमित महाधिवेशन सम्पन्न गर्न सक्ने अबस्था रहेको हुनाले म नियमित महाधिवेशनको पक्षमा रहेको कुरा अवगत गराउनु चाहान्छु!

२. १५अौ महाधिवेशन तयारी समिति गठन गरेर जादा अझै उपयुक्त हुने कुराको शुझाव पेस गर्न चाहान्छु।

३.नेपाली काँग्रेसको विधानमा रहेको संशोधन गर्नु पर्ने धाराहरुलाई संशोधन गर्न “बिधान संशोधन समिति” गठन गर्नु पर्ने छ। यश समितिले संशोधन नगरी नुहुने धारा, केन्द्रीय सदस्य तथा पदाधिकारीहरु महासमिति सरह रहने ब्यवस्थाको कारणले गर्दा जिल्ला र गाउँ प्रतिको उत्तरदायित्व र जिम्मेवारी बाट टाढा रहेको हुनाले र संगठन मजबुत बनाउनु वहाँहरुले नसोचेको कारणले गर्दा सम्पूर्ण नेताहरू बुथ समितिबाट निर्वाचित भएर आउने ब्यवस्था गर्नुपर्ने समेतको राय पेस गर्दछु।

“नियमित महाधिवेशन गर्ने तर्फ ध्यान केन्द्रित गरौ! “१५अौ महाधिवेशन लाई एकताको महाधिवेशन को रुपमा सफल पारौ।” जयनेपाल।

                    तपाईंको प्रिय साथी

                        बर्मा लामा

                         दोलखा

प्रतिक्रिया