पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ


काठमाडौं- पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्।

विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा आइतबार महरालाई काठमाडौंबाट नियन्त्रणमा लिइएको हो।

अन्तरिम रूपमा महरा संलग्न सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाइएको र केही दिनअघि नै उनीसँग बयान लिइएको थियो।

त्रिभुवन विमानस्थलमार्फत भेपमा सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको छ।

यसअघि सत्ता र प्रभावको आडमा अनुसन्धान अघि बढ्न नसकेको उक्त फाइल अहिले सक्रिय रूपमा छानबिनमा रहेको छ।

प्रतिक्रिया