सेयर बजारमा भारी गिरावट


काठमाडौं- साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ७८.८३ अंकले घटेर २५०३.३५ को विन्दूमा कायम भएको छ ।

नेप्सेमा यसदिन ३२४ कम्पनीको १ करोड ४३ लाख ६४ हजार ६८२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७० करोड माथिको सेयर कारोबार भएको छ । कारोबार भएकामध्ये ९ वटा कम्पनीको सेयर मूल्य बढ्दा २४२ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३८ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीको ३७ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक ६ प्रतिशतका दरले कमाएका छन् ।

बुटवल पावर कम्पनीका लगानीकर्ताले आज सर्वाधिक ९ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया