काठमाडौं – डोटीमा विद्युतीय गाडी (ईभी हायस) दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। १९ जना घाइते भएका छन्।
अछामबाट धनगढीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१-००१ख ३९५६ नम्बरको हायस भीमदत्त राजमार्ग अर्न्तगत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेन भन्ने स्थानमा दुर्घटनामा परेको हो।
अछामको मंगलसैन नगरपालिका-९ कि २२ वर्षीया हरिना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलले जानकारी दिए। हो। घटनास्थलमै उनको मृत्यु भएको हो।
घाइतेमध्ये ६ जनालाई गम्भीर चोट लागेको छ। उनीहरूमध्ये केही बालबालिका समेत छन्। उनीहरू सबैलाई उपचारका लागि कैलालीको अत्तरिया लगिएको छ।


कागजपत्र |


