
पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठसहित ७ विरूद्ध भ्रष्टाचार मुद्दा दायर (आरोप पत्रसहित)
मन्त्रीद्वयविरूद्ध ७८ लाख बिगो मागदाबी
काठमाडौंं – पोखराको लिचीबारी जग्गा प्रकरणमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, पूर्वमन्त्री रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।
गुप्ता र श्रेष्ठविरुद्ध अख्तियारले ७८ लाख बिगो मागदाबी गरेको छ ।
त्यस्तै, यस प्रकरणमा मुछिएका मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई ५३ लाख रुपैयाँ, सुजनकुमार लामालाई ७८ लाख, खमबहादुर पुनविरुद्ध २५ लाख र याम कुमारी गुरुङ, तुल्सीराम बुढामगर र खमबहादुर ७८ लाख बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आरोप पत्रः



कागजपत्र |
