आइसिसी टी-२० विश्वकप छनाेटः कुवेतविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल


काठमाडौं – आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एण्ड इस्ट–एसिया प्यासिफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जित्दै पहिले बलिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालको पहिलो रोजाई
आशिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरि, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछाने

प्रतिक्रिया