
अझै बढ्यो सुनको मूल्य, प्रतितोला २ लाख ३८ हजार रूपैयाँमा कारोबार
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ पुगेको छ ।
सुनको मूल्य बुधबार दुई हजार ६ सय रुपैयाँले बढेर दुई लाख ३८ हजार रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायिक महासंघले जनाएको छ ।
मंगलबार नेपाली बजारमा दुई लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य भने मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार दुई हजार ९ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य बुधबार दुई हजार ९ सय ५५ रुपैयाँमा झरेको छ ।



कागजपत्र |
