टी-२० शृङ्खलाः मलेशियाविरुद्धको सिरिजमा नेपालको कब्जा


काठमाडौं – अन्तर्राष्ट्रिय टी—२० शृङ्खलाको उपाधि नेपालले हात पारेको छ ।

मलेशियामा सम्पन्न निर्णायक मानिएको अन्तिम खेलमा नेपालले मलेशियालाई ५ विकेटले पराजित गर्दै सिरिज आफ्नो कब्जामा पारेको हो ।

पहिले ब्याटिङ गरेको मलेशियाले नेपाललाई १०३ रनको लक्ष्य दिएको थियो ।

उक्त लक्ष्य पछ्याउने क्रममा नेपालले ५ विकेटको क्षतिमा १८ ओभरमा १०४ रन बनाउँदै सिरिज ३–२ ले कब्जा जमाएको हो ।

त्यसअघि मलेशियाले २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रन बनाएको थियो ।

प्रतिक्रिया