आजबाट राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन बुटवलमा सुरू


बुटवल – राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन आजबाट बुटवलमा सुरू भएको छ । आजबाट सुरू भएको राष्ट्रिय सम्ममेलन ३ दिन सम्म बुटवलमा चल्ने छ । राष्ट्रिय सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गरेका छन् ।

उद्घाटन सत्रमा बोल्दै अध्यक्ष केसीले लामो सम्म देखि जनताले त्याग बलिदान पुर्ण संघर्षबाट प्राप्त उपलब्धिहरू देशका अदुर्दशी शासक वर्गहरूबाट गुम्ने खतरा उत्पन्न भएको बताए ।

नेता केसीले पाटीमा नियम संगत चल्न नसक्दा देशको दुरदर्शा पैदा भईरहेको उनले बताए । नेता केसीले प्रश्न गरे तपाईंहरू संग मत माग्न आउने कोही ब्यक्ति असल चरित्रवान देशमा मिलेर बामपंथी सरकार निर्माण दिई देशलाई निकास दिन दलहरू एक जुट हुन अवश्यक रहेको औंलाए ।

अध्यक्ष केसीले भन्ने,ू पद शक्तिका लागि एमसिसी लागू गर्न राजनिती दलका केही नेताअरू लागि परिरहेका छन् र ५५ अर्वको लोभमा देशलाई खाल्डोमा हाल्ने योजना बनाईदै छ देशमा करौडौ रकम भष्ट्राचार भईरहेको छ र नपाललाई अखडा बनाउने कार्य प्रति सवै एक ढिक्का हुनु पर्छ ।ू कम्फर्ट टेवल सरकार भारत र चिनलाई हुने सरकार बनाउने प्रचण्डको दाउ पेज प्रति लक्षित गर्दै आलोपालो सरकार चलाउने निति ७० वर्ष देखि चल्दै आएको उनको भनाइ छ । पद कुर्चिको लडाईले गर्दा देशलाई प्रतिगमनको खाल्डोमा हाल्ने काम मात्र भयो ।

रूपन्देहीको बुटवलमा आजबाट सुरू भएको राष्ट्रिय सम्मेलनको लागि देशका ७० जिल्लाहरूवाट प्रतिनिधिहरू आएका छन् । राष्ट्रिय सम्मेलनका लागि अन्तर्राष्ट्रिय समुदायमा रहेक मुल प्रवाह नेपाली एकता समाजहरू र जनवर्गीय संघ संगठनहरू बाट समेत प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।

कार्यक्रममा, नेकपा एमाले नेपाली काँग्रेस, नकपा कान्तिकारी माओवादी, संघिय समाजवादी पाटी लगायतको पाटी प्रतिनिधिहरूको उपस्थिति रहेको छ । राष्ट्रिय जनमार्चाले कोरोनाको विषम परिस्थितिलाई मध्यनजर गर्दै र्‍याली, जुलुज नगरीकन महाधिवेशको उद्घाटन गरेको छ ।

प्रतिक्रिया