
१२ सय प्रतितोलाले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, बिहिबार यसको मूल्य २ लाख २२ हजार ३ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, यस दिन चाँदीको मूल्य पनि बढेको छ । बिहिबार २ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम सुनको मूल्य १ लाख ९० हजार ७६० रुपैयाँमा र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ३४९ रुपैयाँमा कारोबार भईरहेको छ ।



कागजपत्र |
