अनलाइन सञ्चारमाध्यम दर्ता अब सूचना विभागबाटै हुने


काठमाडौं- अब अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया सूचना विभागमार्फतै हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले यो व्यवस्था तत्काल कार्यान्वयनमा आउने बताएका हुन्।

यसअघि अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणका लागि जिल्ला प्रशासन कार्यालयमा जानुपर्ने व्यवस्था थियो। नयाँ निर्णयसँगै अब सञ्चार गृहहरूलाई सोझै सूचना विभागमा गएर प्रक्रिया पूरा गर्न सक्ने व्यवस्था मिलेको छ।

प्रतिक्रिया