ओलीकालमा प्रधानमन्त्री मातहत ल्याइएका विभागहरू पूर्वस्थितिमा फिर्ता


काठमाडौं- सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेका तीन महत्वपूर्ण विभागलाई सम्बन्धित मन्त्रालयमा पुनः फिर्ता गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत राख्ने तथा राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयमा सार्ने निर्णय गरेको हो।

सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदिश खरेलले विगतमा देखिएको प्रशासनिक कमजोरी समाधान गर्न र कार्यक्षेत्र स्पष्ट बनाउन यस्तो निर्णय गरिएको जानकारी दिए। यसअघि यी विभागहरू प्रधानमन्त्री कार्यालय मातहत राखिँदा सुरक्षा तथा आर्थिक समन्वयमा चुनौती आएको थियो।

२०७४ सालको निर्वाचनपछि बनेको दुई तिहाइ बहुमतको सरकारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १६ फागुन २०७५ मा यी विभागहरू प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए।

प्रतिक्रिया