
ठगी मुद्दामा फरार ऐश्वर्या दाहाल युएईमा पक्राउ, नेपाल ल्याइयाे
काठमाडाैं- ठगी मुद्दामा फरार चल्दै आएकी ऐश्वर्या दाहाल पक्राउ परेकी छन्। सिन्धुली कमलामाई–१४ घर भएकी र धनुषा जनकपुरधाम–१६ बस्ने दाहाललाई युएईबाट बिहीबार नेपाल फिर्ता ल्याइएको हो। उनलाई सम्बन्धित ठगी मुद्दामा कारबाही गर्नको लागि पक्राउ गरिएको छ।
एनसिबी काठमाडौंको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले २०८१ चैत २१ गते दाहालको विरुद्ध रेड नोटिस जारी गरेको थियो। यस नोटिस अन्तर्राष्ट्रिय स्तरमा उनलाई खोजतलास र पक्राउ गर्ने प्रयोजनका लागि जारी गरिएको थियो।
दाहाललाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको छ। यसअघि फरार रहेकी उनलाई ठगी मुद्दामा संलग्नताका आधारमा अनुसन्धान अघि बढाउन अन्तर्राष्ट्रिय सहयोगका माध्यमबाट पक्राउ गरिएको हो।
नेपाल फर्काएपछि आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउने काम जिल्ला प्रहरी कार्यालय सुनसरीले गर्नेछ।



कागजपत्र |
