
मुग्लिन–नारायणगढ सडक फेरि दुईतर्फी अवरुद्ध
चितवन- मुग्लिन–नारायणगढ सडक फेरि दुईतर्फी अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तुइनखोला पुल नजिक निरन्तर खसेको पहिरोका कारण आज दिउँसो १ बजेदेखि सडकमा आवतजावत पूर्णरूपमा बन्द भएको छ।
सडक डिभिजनले भनेको छ कि लगातार माथिबाट ढुंगा खसिरहेकाले पहिरो हटाउन आवश्यक उपकरण सञ्चालन गर्न समस्या भइरहेको छ।
मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोला नजिक पहिरो पन्छाएसँगै यसअघि सडक एकतर्फी खुलाएको थियो। तर पुनः निरन्तर पहिरो खस्ने समस्याका कारण सडक अब फेरि पूर्णरूपमा बन्द भएको हो।
काठमाण्डौ–चितवन आवतजावत गर्ने मुख्य मार्गमा लगातार पहिरो खस्ने घटनाले मुख्य चाडपर्वको समयमा यात्रुहरूलाई ठूलो असुविधा परेको छ।



कागजपत्र |
