झापामा खुकुरी प्रहार गरी एकजनाको ह*त्या


झापा — झापाको बिर्तामोड नगरपालिका–७ खालबाडीमा खुकुरी र बसिला प्रहारबाट एकजनाको मृत्यु भएको छ । मंगलबार बिहान ३६ वर्षीय फूर्वा तामाङलाई आक्रमण गरी हत्या गरिएको हो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २८ वर्षीय प्रेमकुमार राई र ३३ वर्षीय रामकुमार राई रहेका छन् ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेकाको साथबाट घटनामा प्रयोग भएको खुकुरी र बसिला समेत बरामद गरिएको छ । तर तामाङको हत्या किन र कसरी भयो भन्ने कारण खुलेको छैन ।

प्रतिक्रिया