नागरिकता बनाउन झुठा विवरण सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ


मलंगवा- झुट्टा विवरण पेश गरी नागरिकता बनाउन सिफारिस गरेको आरोपमा सर्लाहीको पर्सा गाउँपालिका–४ का वडाध्यक्ष सुबोध राय यादव पक्राउ परेका छन्।

चार जना शंकास्पद व्यक्तिहरूलाई नागरिकता दिलाउन उनले सिफारिस गरेको खुलेपछि असोज ५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार, जिल्लाको प्रशासन कार्यालय सर्लाहीको चलानी नम्बर ११२९१ र मिति २०८१ असार ३ गतेको पत्रका आधारमा वडाध्यक्ष यादवविरुद्ध अनुसन्धान थालिएको हो।

हाल यादवमाथि नागरिकतासम्बन्धी कसुरमा जिल्ला अदालत सर्लाहीबाट १५ दिनको म्याद लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया