
सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बसेको छ। बैठकमा मन्त्रिपरिषदका नियमित कामकारबाहीसँगै जेन–जी आन्दोलनका क्रममा भएको दमन र आगजनी घटनाबारे छानबिन आयोग गठन गर्ने विषयमा समेत छलफल भइरहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार, बैठकले अहिलेसम्म प्रधानमन्त्री मातहत रहेका तीन प्रमुख निकायहरू सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने तयारी गरेको छ। यसअनुसार राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पुनः अर्थ मन्त्रालय मातहत ल्याइने भएको छ भने राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) गृह मन्त्रालयमै फर्काइने निर्णय हुने बताइएको छ।
हाल अन्तरिम सरकारले चार सदस्यीय मन्त्रिमण्डलमार्फत काम गरिरहेको छ। जसअनुसार रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री र ओमप्रकाश अर्याल गृह, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीका जिम्मेवारीमा रहेका छन्।
प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषदलाई अधिकतम ११ सदस्यीय बनाउने तयारी भइरहेको छ।



कागजपत्र |
