कांग्रेस पार्टी कार्यालयमा १० करोड बराबरको क्षति, पुनर्निर्माणका लागि समिति गठन


काठमाडौं-  नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको लुटपाट, तोडफोड र आगजनीका कारण करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको विवरण सार्वजनिक गरेको छ।

पार्टीको माथिल्लो बैठक कक्षमा रहेका अधिकांश कुर्सी चोरी भएको र केन्द्रीय समिति बैठक हलका कुर्सीहरू आगोले जलेर मेटल फ्रेम मात्र बाँकी रहेको कांग्रेसले जनाएको छ।

तेस्रो तल्लामा, जहाँ पहिले केन्द्रीय समिति र पछिल्लो समय कार्यसम्पादन समितिका बैठकहरू बस्ने गरिन्थ्यो, तोडफोड भए पनि आगोले पूर्ण रूपमा क्षति पुर्‍याएको छैन। त्यहाँ रहेका केही टेबल तोडफोड भए पनि कुर्सीहरूको कुनै प्रमाण भेटिएको छैन।

क्षतिको पूर्ण विवरण सुनिश्चित गर्न र पुनर्निर्माणका लागि लाग्ने अनुमान तयार गर्न कांग्रेसले पुलचोक क्याम्पसका प्राध्यापकको नेतृत्वमा समिति गठन गरेको छ। उक्त समितिमा पार्टी कार्यालय निर्माणको सुरुदेखि संलग्न इन्जिनियरहरूलाई समेत समेटिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रतिक्रिया