
भाटभटेनीले कुनै कर्मचारीलाई जागिरबाट ननिकाल्ने, दसैँ बोनस पनि दिने
काठमाडाैं- जेनजीकाे प्रदर्शनबाट सबैभन्दा पीडामा रहेकाे भाटभटेनीले आफ्नो सुपर स्टोरमा काम गर्ने कोही पनि कर्मचारीलाई जागिरबाट ननिकाल्ने भएको छ ।
भाटभटेनी सुपर स्टोरका अध्यक्ष मीनबहादुर गुरुङले आफ्ना १२ वटा स्टोरहरु जलेर नष्ट भए पनि त्यहाँ काम गर्ने कर्मचारीलाई जागिरबाट ननिकाल्ने बताएका हुन् । प्रभावित शाखामध्ये उपत्यकाका नक्साल, महाराजगञ्ज, बौद्ध (चुच्चेपाटी), कोटेश्वर र बालुवाटार तथा उपत्यका बाहिरका पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरान पर्दछन्। यी शाखा पुनर्निर्माणपछि मात्र सञ्चालनमा आउनेछन्।
कम्पनीले क्षति पुगेका भाटभटेनीमा काम गर्ने कामदार अन्य शाखा स्टोरहरुमा लगिनेछ । साथै, दसैँ पर्वलाई लक्षित गर्दै कर्मचारीलाई भत्ता पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ। हाल भाटभटेनीका विभिन्न स्टोरहरुमा १० हजार बढी कामदार कार्यरत छन् ।



कागजपत्र |
