
सैनिक ब्यारेकबाट निस्किएर कहाँ गए ओली ?
काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः सैनिक ब्यारेकबाट बाहिरिएका छन्। जेन–जी आन्दोलन उग्र बनेपछि सुरक्षा कारण नेपाली सेनाले उनलाई सुरक्षामा राखेको थियो। तर, प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत भदौ २४ देखि ब्यारेकमै बसेका ओली अब नयाँ ठेगानामा सरेका छन्।
सुरक्षा स्रोतका अनुसार ओली भक्तपुरको गुण्डु पुगेका छन्। त्यहाँका लागि उनीसँगैको टोलीले भाडामा घर लिएको छ। बालकोटस्थित ओलीको निजी आवास भने जेन–जी आन्दोलनकारीले जलाइदिएका कारण प्रयोगयोग्य छैन। घर जलेपछि बाध्यतावश ओलीलाई गुण्डु सारिएको हो।
यस प्रक्रियामा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत सक्रिय देखिएका छन्। बस्नेतले ओलीलाई ब्यारेकबाट निकाल्ने पहल मात्र गरेका छैनन्, उनलाई भव्य कार्यक्रममार्फत् सार्वजनिक गर्ने तयारी भएको घोषणासमेत गरेका छन्।



कागजपत्र |
