बालेनलाई हर्कको जवाफ- ‘लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो छ’


काठमाडाैं- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच सामाजिक सञ्जालमार्फत रोचक घोचपेच सुरु भएको छ।

पछिल्ला दिनमा हर्कले फेसबुकमार्फत बालेनलाई लक्षित गर्दै अनेक टिप्पणी गर्दै आएका छन्। मंगलबार बालेनले पहिलोपटक जवाफ दिँदै, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ। एकतर्फी नै सही, तर मेरो माया साँचो हो। यु आर माई ट्रु लभ,’ भनेर स्टाटस लेखेका थिए।

त्यसको जवाफमा हर्कले बालेनमाथि गम्भीर आरोप लगाउँदै भनेका छन्, ‘लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो छ! देशले के कति गुमायो त्यो थाहा छ? देश रोएको बेला ऊ हाँस्दै बसेको छ।’

जेनजी विद्रोहपछि साम्पाङ प्रधानमन्त्री बन्नुपर्ने माग गर्दै काठमाडौं आएका थिए। त्यतिबेला उनले बालेनसँग पनि सहयोग मागेका थिए।

तर, बालेनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेपछि साम्पाङ चिढिएका थिए। त्यसयता उनले निरन्तर बालेनलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै आएका छन्।

प्रतिक्रिया