माओवादी उपमहासचिव शर्माले मागे प्रचण्डको राजीनामा


काठमाडौं- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्। उनी जेनजी आन्दोलनपछि पार्टी नेतृत्वको औचित्यबारे प्रश्न उठाउँदै आएका छन्।

शर्माले जेनजी आन्दोलनले भ्रष्टाचारयुक्त राजनीति, दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पक्ष उजागर गरेको उल्लेख गर्दै त्यसको सकारात्मक संश्लेषण गर्नुपर्ने बताएका छन्। उनले वर्तमान सरकारलाई सहयोग गर्दै आगामी निर्वाचनका लागि वातावरण तयार गर्नुपर्नेमा जोड दिएका छन्।

उपमहासचिव शर्माले पार्टीभित्र सम्पत्ति छानबिन गर्न स्वतन्त्र आयोग गठन, नेतृत्व निर्वाचन प्रणाली प्रत्यक्ष निर्वाचित मोडेलमा लैजान, दलित महिला र सांस्कृतिक विचलन जस्ता विषयमा स्पष्ट दृष्टिकोण निर्माण गर्नुपर्ने मागसमेत राखेका छन्।

उनले २०४६ पछि पदमा बसेका सबै क्षेत्रका निवृत्तहरुको सम्पत्ति छानबिन र जेनजी आन्दोलनमा भएको जनधनको क्षतिबारे उच्चस्तरीय आयोग बनाउन सरकारसँग माग गर्नुपर्ने बताए। शर्मा अनुसार, पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिएर नयाँ नेतृत्व निर्माण गर्नुपर्छ।

 

प्रतिक्रिया