प्रधानमन्त्री कार्की र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता


काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालबीच मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक भेटवार्ता भएको छ।

उक्त भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई कार्यकाल सफलताको बधाई तथा शुभकामना व्यक्त गरेका थिए। भेटवार्तामा देशको समसामयिक राजनीतिक अवस्था, विकसित घटनाक्रम र राष्ट्रिय सङ्कटका विषयमा छलफल भएको थियो।

सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रियसभाको कामकारबाही, संसद भवन (बानेश्वर) र सचिवालय (सिंहदरबार)मा भएको क्षतिका बारेमा जानकारी गराएका थिए।

प्रधानमन्त्री कार्कीले बैठकमा राष्ट्रियसभाको महत्त्वपूर्ण भूमिका औंल्याउँदै वर्तमान राष्ट्रिय सङ्कटलाई सही निकास दिन सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिएकी थिइन्। उनले शान्ति, स्थिरता र लोकतान्त्रिक मूल्यको रक्षा गर्दै देशलाई अगाडि लैजान सबैको साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरिन्।

प्रतिक्रिया