बालेनले हर्क साम्पाङलाई भने, You are my true love !


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सामाजिक सञ्जालमार्फत् ‘यू आर माई ट्रु लभ’ भन्दै मायाँ साँचो भएको उल्लेख गरेका छन् ।

हर्क साम्पाङले बालेनविरुद्ध लगातार सामाजिक सञ्जालमा स्टाटस लेखेपछि मेयर बालेनको पनि स्टाटस आएको हो ।

उनले अगाडि लेखेका छन्, डियर हर्क साम्पाङ,

तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।

You are my true love.

प्रतिक्रिया