रुपन्देही–३ को उपनिर्वाचन रोकियो


काठमाडौं –  निर्वाचन आयोगले आगामी कात्तिक १७ गते तय गरिएको रुपन्देही–३ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन रोकिएको जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार, राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरी नयाँ प्रतिनिधि सभा निर्वाचनको मिति फागुन २१ गते तोकेकाले उपनिर्वाचन रोकिएको हो।

भट्टराईले जारी विज्ञप्तिमा भनेका छन्, “प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम मिति २०८२/०७/१७ गते रूपन्देही–३ मा उपनिर्वाचन हुने तय गरिएको थियो। तर राष्ट्रपति कार्यालयद्वारा २०८२/०५/२७ मा प्रकाशित विज्ञप्ति अनुसार प्रतिनिधि सभा विघटन भएपछि मिति २०८२/११/२१ मा नयाँ प्रतिनिधि सभा निर्वाचन हुने भएकाले उपनिर्वाचनका बाँकी सम्पूर्ण कार्यक्रम रद्द गरिएको छ।”

निर्वाचन आयोगले यस निर्णयको जानकारी सम्बन्धित सबै पक्षलाई गराउन अनुरोध गरेको छ।

n

प्रतिक्रिया