डेडिकेटेड लाइनको बक्यौता उठाउने ऊर्जामन्त्रीको पहिलो निर्णय


काठमाडौं – नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै आफ्नो पहिलो निर्णय सार्वजनिक गरेका छन्। उनले नेपाल विद्युत् प्राधिकरणको  डेडिकेटेड लाइनको बक्यौता  रकम उठाउने निर्णयलाई प्राथमिकतामा राख्दै सुरुवात गरेका हुन्।

यसअघि पनि उनले प्राधिकरणको कार्यकारी निर्देशक रहँदा बक्यौता असुलीलाई विशेष प्राथमिकतामा राखेका थिए।

साथै, पदभार ग्रहण समारोहमा घिसिङले खादा, माला र अबिरजस्ता बाह्य सम्मान नलिने घोषणा गरेका छन्। उनले सेवा–सुविधा भन्दा जिम्मेवारीलाई प्रधान्य दिनुपर्ने भन्दै साधारण तरिकाले कार्यभार ग्रहण गरेका हुन्।

प्रतिक्रिया