
विराटनगरको भाटभटेनीमा जलेको अवस्थामा शव फेला
विराटनगर – विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भवनमा सोमबार दिउँसो जलेको अवस्थामा एक शव फेला परेको छ। मोरङ प्रहरीले दिएको जानकारीअनुसार, शव सुपरमार्केटको दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको हो।
शव कसको हो भन्ने पहिचान खुल्न सकेको छैन। प्रारम्भिक अनुमानअनुसार, हालैको जेनजी आन्दोलनका क्रममा भएको आगजनीको बीचमा लुटपाटका लागि भित्र प्रवेश गरेका एक व्यक्तिको जलेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।



कागजपत्र |
