
पूर्व डिआईजी खरेललाई गृहमन्त्री बनाउने तयारी !
काठमाडौं – नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरिक्षक (डिआईजी) रमेश खरेललाई गृहमन्त्री बनाउने तयारी गरिएको छ । जेनजीको सिफारिसमा प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्रीका लागि खरेललाई बनाउने तयारी गरेको स्रोतले जनाएको छ ।
खरेल २०७९ को आम निर्वाचनमा स्वतन्त्र रुपमा काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवारी दिँदै पराजित भएका थिए । त्यसपछि बारा क्षेत्र नं. २मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरी उम्मेदवारी दिएका खरेल त्यहाँ पनि पराजित भएका थिए ।
खरेल बाराबाट पनि निर्वाचनमा पराजित भइसकेपछि रास्वपा परित्याग गरी स्वतन्त्र रुपमा अभियान र टेलिभिजनमा कार्यक्रम चलाइरहेका थिए ।
त्यसअघि खरेलले प्रहरी महानिरिक्षक नबनाएको भन्दै डिआईजीबाट राजीनामा दिएर अभियानमार्फत् राजनीतिमा प्रवेश गरेका थिए ।
जेनजीको प्रदर्शनपछि प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गते निर्वाचन गराउने निर्णय गरेकी छिन् ।



कागजपत्र |
