को हुन् नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की ?


काठमाडौं — अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सपथ लिएकी छिन् । नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा नियुक्त भएकी कार्की नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् ।

सुशीला कार्की नेपालको न्यायिक इतिहासमा एक ऐतिहासिक व्यक्तित्व मानिन्छिन्। उनी नेपाल सर्वोच्च अदालतको प्रथम महिला प्रधानन्यायाधीश हुन् । उनी २०७३ साल वैशाख ११ गते (2016 A.D.) सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त भएकी थिइन् । यसरी उनको नियुक्तिले नेपालको न्यायपालिकामा मात्र नभई सम्पूर्ण समाजमा पनि लैङ्गिक समानताको नयाँ ढोका खोलिदिएको थियो ।

 

प्रारम्भिक जीवन र शिक्षा:

सुशीला कार्कीको जन्म भोजपुर जिल्लामा भएको हो। उनले राजनीतिक विज्ञानमा स्नातकोत्तर (Master’s) भारतको बनारस हिन्दू विश्वविद्यालय (BHU) बाट गरिन् ।

त्यसपछि उनले कानुन (LL.B.) को अध्ययन गरिन् । शिक्षण पेशामा केही समय बिताइसकेपछि उनी कानुन व्यवसायतर्फ प्रवेश गरिन् ।

 

न्यायिक यात्रा:

  • – उनले वकिलको रूपमा आफ्नो यात्रा सुरु  गरिन्  र २०४९ साल (1992 A.D.) मा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भइन् ।
  • – करिब दुई दशक लामो न्यायिक सेवापछि २०७० सालमा सर्वोच्च अदालतको कायम सरुवा न्यायाधीश र पछि कायम न्यायाधीश बनिन् ।
  • – अन्ततः २०७३ सालमा प्रधानन्यायाधीशको पद सम्हाल्दै पहिलो महिलाको बनिन् ।

कार्यकालः

  • – उनको कार्यकाल करिब १० महिनामात्रै थियो, तर त्यो छोटो अवधिमा पनि उनले न्यायपालिकालाई बलियो र विश्वासिलो बनाउन योगदान गरिन् ।
  • – उनको कार्यकालमा संसदमा उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो, जुन निकै विवादास्पद मानिन्छ। तर उनको कडा र निष्पक्ष स्वभावकै कारण धेरैले उनलाई समर्थन गरेका थिए।

प्रतिक्रिया